Comments Add Comment

क्यालिफोर्नियाको क्रियटिभ नेपाल युथ अर्गनाइजेशनमा नयाँ समिति

creative 1वाशिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा स्थापना भएको क्रियटिभ नेपाल युथ अर्गनाइजेशनमा गत जुलाई १७ तारिखमा नया कार्यकारी समिति सर्बसम्मतिबाट गठन भएको छ । सन् २००९ मा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था युवा वर्गको प्रतिनिधित्व गर्दछ  ।

सामाजिक सेवामा पनि उल्लेखनीय काम गर्दै आएको संस्थाले गत बर्ष भूकम्पमा झन्डै अमेरिका बाट नेपाल १० लाख भन्दा ज्यादा आर्थिक सहयोग गरेको थियो ।

ग्रिष्मकालिन बनभोजको साथै संस्थाको दोश्रो साधारण सभामा दुई बर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ ।  सुबास थापाको अध्यक्ष ता नव निर्बाचित कार्य समितिमा उप सभापतिमा शशि प्रसाई तथा बबिता सिटौला निर्वाचित भएका छन् ।

यसै गरि महासचिबमा पुण्य कार्की ,सचिबमा सुमेर सुब्बा ,कोषाध्यक्षमा पुस्कर रेग्मी तथा सह कोषाध्यक्षमा अन्जना भुजेल निर्वाचित भएका छन् ।

कार्यकारी समितिका सदस्यहरुमा क्रमस हेमन्त सिटौला, मोहन गुरुङ, सकुन राई, किरण आचार्य ,ध्रुब बस्याल ,महेश भण्डारी ,प्रतिमा दुलाल तथा उत्सव पन्त निर्वाचित भएका छन्  ।

नव निर्वाचित महासचिब पुण्य कार्कीले बनभोज कार्यक्रम सफल बनाउन सहयोग पुराउनु हुने सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यवाद दिएका छन् ।

नयाँ नेतृत्वलाई सहजीकरण तथा सपथ ग्रहण गराउनु हुने सस्थाका सल्लाहाकार तथा निर्वाचन आयुक्त धर्मेन्द्र पराजुली तथा सुरेन्द्र मल्ल प्रति संस्थाले आभार प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment