हामीले खेल जित्यौं ? यो प्रश्न गत आइतबार चिनिया लिगमा सांघाइ एसआइपीजीबिरुद्धको खेलमा डरलाग्दो देखिने गरी खुट्टा भाँचिएपछि अस्पताल पुगेका स्टार स्ट्राइकर डेम्बा बाको हो ।
त्यस खेलमा उनकै क्लव ३-२ गोलले विजयी भएको थियो । सांघाइ सिन्हृवाबाट खेलिरहेका उनी बायाँ खुट्टा भाँचिएपछि अहिले अस्पतालमा उपचाररत छन् ।
३१ बर्षीय सेनेगलका स्ट्राइकर बाको यो साताको अन्तिममा फ्रान्सेली डाक्टरहरुको समूहले अपरेसन गर्नेछन् ।
खेल सकिएपछि सांघाइ सिन्हृवाका उनका प्रशिक्षक ग्रेगोरियो मान्जानोले उनको व्यवसायिक खेलजीवन लगभग समाप्त भएको प्रतिक्रिया दिएका थिए ।
चिनिया क्लव सांघाइ ग्रीनल्याण्ड सिन्हृवाबाट खेलिरहेका इंग्लिस क्लव न्यूकाशलका पूर्व स्ट्राइकर ओवाफेमी मार्टिनले पनि अस्पतालमा पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
पि्रमियर लिग क्लव वेष्टहृयाम, न्युकाशल र चेल्सीबाट खेल्दा सेनेगलका स्ट्राइकर बा ले ४३ गोल गरेका छन् । यी तीनै क्लवले आफ्नो अफिसियल ट्वीटर एकाउण्टमार्फल डेम्बाको स्वास्थ्यलाभको कामना गरेका छन् ।
डेम्बा बा गत बर्षको जुनमा टर्किस क्लव बेसिक्टासबाट सांघाइ सिन्हृवा गएका हुन् । चीनको शीर्ष डिभिजन लिगमा उनी जारी सिजनका सर्बाधिक गोलकर्तासमेत हुन् । उनले १८ खेलमा १४ गोल गरेका छन् ।
प्रतिक्रिया 4