Comments Add Comment

लोकमानलाई महाअभियोग लगाउनु पर्ने डा. केसीको मागप्रति कांग्रेसको असहमति

Dr.-Govinda-KC,Hunger Strike
डा. गोविन्द केसी

४ साउन, काठमाडौं । व्यवस्थापिका ससदको ठूलो दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाटै डा. गोविन्द केसीको अनसनबारे बोलेको छ ।

तर, उसले यो पटक केसीको अनसनमा खुलेर समर्थन गर्न सकेन । मंगलबार बसेको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा केसी अनसन बसेकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

तर, केसीको माग राजनीतिक र चिकित्सा शिक्षासम्वन्धी भएको भन्दै कांग्रेसले भनेको छ, ‘राजनीतिक मागप्रति हाम्रो समहति रहने छैन ।’
डा. केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् । कांग्रेसले राजीतिक भन्दै केसीको यही मागप्रति आफ्नो समर्थन नरहेको बताएको हो ।

तर, चिकित्सा शिक्षा लगायत गैर राजनीति मागहरुमा विगतमा कांग्रेस नेतृत्वको सरकारले प्रतिवद्धता अनुसार समाान गर्न र अनसन तोडाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment