Comments Add Comment

१०४ वटा नयाँ ग्रह पत्ता लागेको अमेरिकी वैज्ञानिकको दाबी

५ साउन, काठमाडौं । अमेरिकी खगोल बैज्ञानिकको एक टोलीले एक सय भन्दा धेरै ग्रहहरु पत्ता लगाएको दाबी गरेको छ । यसलाई अन्तरिक्षमा अलग अवलोकन प्रणालीमा ठूलो उपलब्धी भनिएको छ ।

NASA‘एस्ट्रोफिजिकल जर्नल सप्लीमेन्ट सीरीज’ पत्रिकामा प्रकाशित अनुसन्धान विवरणअनुसार केपलर दूरबीनको सहायताबाट ग्रहहरु पत्ता लगाइएको हो ।

यसबाट पृथ्वी र सूर्य मण्डल बाहिरका ताराहरुलाई परिक्रमा गरिरहेका एक सय चार वटा नयाँ ग्रहहरुको अस्तित्व सत्य सावित भएको वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुले पत्ता लगाएका नयाँ ग्रहहरुमध्ये चार वटा पृथ्वीसँग मिल्दाजुल्दा छन् । यी चार ग्रहहरु ब्यासको हिसाबअनुसार पृथ्वीभन्दा २० देखि ५० गुणा ठूला छन् जो एम ड्वार्फ तारा के टु-७२ लाई परिक्रमा गर्दछन् ।

यी ग्रहहरु एक्वेरियस तारामण्डलको दिशामा करिब एक सय ८१ प्रकाश वर्ष टाढा छन् । यिनीहरु सूर्यको प्रकाश र आकारभन्दा आधाले कम तेजिला र साना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment