Comments Add Comment

नेपाली जनसम्पर्क समिति सिजुओकाको दोस्रो अधिवेशनको तयारी तीव्र

सिजुओका । नेपाली जनसंपर्क समिति जापानको अधिवेशन नजिकिदै गर्दा क्षेत्रिय अधिवेशनहरु हुने क्रमले तिब्रता पाएको छ ।

Nepali-Janasamparka-Samiti-Japanयसै क्रममा नेपाली जनसंपर्क समिति सिजुओका क्षेत्रिय कमिटीको दोश्रो अधिबेसन आगामी २४ तारिख आइतवार हुने भएको छ ।

स्थानीय होटल गंगाजीमा बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा सिजुओकामा बस्दै आएका नेपाली काग्रेसका शुभेच्छुकहरुलाई उपस्थित हुन इकाइ सभापति रेशम डङ्गोलले आग्रह गरेका छन् ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी केन्द्रीय अधिवेशनमा सिजुओकाबाट पदाधिकारीमा उम्मेद्बारीका बिषय समेत टुङ्ग्याइने बताइएको छ ।

केन्द्रीय अधिवेशन नजिकिँदै गर्दा पदाधिकारीहरुमा आउन चाहानेहरूको संख्या बढीरहेको छ । जनसम्पर्क समिति जापानको केन्द्रीय विधान सभा अगष्ट १४ मा तथा निर्वाचन २१ र २४ मा घोषणा सभा गरी तीन चरणमा सम्पन्न हुने भएको छ।

– वीरेन्द्र केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment