६ साउन, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन नछाड्न निर्देशन दिएको छ । साथै पार्टीको निर्णयमा तलमाथि नगर्नसमेत उसले सचेत गराएको छ ।
संसद भवन परिसरमै बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी सांसदहरुलाई आज संसद नछाडेर बाहिर नजान निर्देशन दिएका छन् । उनले परिस्थिति हरेर आफूले कुनै पनिबेला निर्देशन दिन सक्ने भन्दै त्यस अनुसार अघि बढ्न सांसदहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री निर्वाचनका बेला कांग्रेसका दुई सांसद बाहिरै छुटेका थिए । त्यसतर्फ संकेत गर्दै देउवाले योपटक कसैलाई पनि ‘एक्सक्युज’ नहुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4