Comments Add Comment

पोर्चुगलमा ‘शिव परियार एकल साँझ’ हुँदै

shiva-pariyar-eu
लिस्बन (पोर्चुगल) । चर्चित गायक शिव परियारको पोर्चुगलमा विशेष सांगितीक प्रस्तुती हुने भएको छ । अन्तराष्ट्रिय कलाकार मञ्च पोर्चुगलको आयोजनामा आप्रवासी कलाकारहरुका लागि कल्याणकारी कोष स्थापनार्थ शिव परियार एकल साँझ हुने भएको हो ।

पोर्चुगलमा पहिलो पटक हुन लागेको गायक परियारको सांगितीक कार्यक्रमको ब्यापक तयारी भइरहेको मञ्चका अध्यक्ष पदम लामाले जानकारी दिए । लामो समयदेखि नेपाली साँगितीक फाँटमा चर्चामा रहन सफल गायक परियारले उक्त कार्यक्रममा आफ्ना थुप्रै लोकपि्रय गितहरु प्रस्तुत गर्नेछन् ।
गायक परियारले यही जुलाई २५ तारिक सोमबारका दिन पोर्चुगलको राजधानी लिस्बनमा सांगितीक प्रस्तुती दिने भएका हुन् । आन्जोस स्थित कल्चर हाउसमा हुने कार्यक्रम दिउसो ३ः३० देखि सुरु हुने मञ्चले जनाएको छ ।

युरोप सांगितीक यात्रामा निस्केका गायक परियारले यसअघि बेलायत, बेल्जियम, जर्मनी, स्पेन, पोल्याण्ड, प|mान्स, होल्याण्ड लगायतका देशहरूमा दर्जन बढी सांगितिक प्रस्तुती दिइसकेका छन् । स्टेज कार्यक्रमहरुमा अत्याधिक मन पराईएका गायक परियार पछिल्लो समय विदेशमा हुने सांगितीक कार्यक्रमहरुमा ब्यस्त हुने गरेका छन् ।

कार्यक्रम पश्चात सञ्चालन गरिने कोषबाट पोर्चुगलमा रहेका आप्रवासी नेपाली कलाकारहरुको क्षमता अभिबृद्धि, आपतकालीन सहयोग, तथा साँगीतिक कार्यक्रमका लागि पोर्चुगल आउने अतिथी कलाकारहरुलाई आवासमा सहयोग पूर्‍याउने योजना रहेको अध्यक्ष लामाले बताए ।

कार्यक्रममा सहभागी हुन पोर्चुगलबासी सबै नेपाली समुदायलाई मञ्चले बिशेष आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment