Comments Add Comment

दीपु र रेनुको ‘लाखौ हजारमा’ सार्वजनिक, पार्वती र राजुको छमछमी

teej geet
‘उज्यालो जुनै को, किक्क किक्क छु, घन्काइदेउ मादल, सरर सारी सर्काएर, नाच्नु आमा नाच्नु’ लगायतका २ दर्जन लोकगीतका गायक हुन्, दीपु मगर । वुटवलमा बसेर नेपाली लोकसंगीतको गायनलाई अगाडि बढाइरहेका यी गायक स्टेज कार्यक्रममा पनि व्यस्त छन् । उनले आफूले बुटवलमा आयोजना हुने अधिकांश स्टेज कार्यक्रममा प्रस्तुती दिने गरेको बताए ।

उनले यो बर्षसम्म ५ वटा तीजका गीत बजारमा ल्याइसकेका छन् । यो बर्ष मात्र उनले २ वटा तीज गीत बजारमा ल्याएका छन् । जसमध्ये ‘लाखौ हजारमा’ बोलको तीज गीत सार्वजनिक भैसकेको छ । दोश्रो गीत केही दिनमै बजारमा आउने उनले बताए । ‘लाखौ हजारमा’ गीतमा दीपु र रेनु रानामगरको आवाज छ । दीपु र रेनुले सहकार्य गर्दै गीत बजारमा ल्याएका हुन् ।

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीका सचिव समेत रहेका गायक मगरले ‘लाखौ हजारमा’ बोलको गीतमा प्रेमी-प्रेमिकाको कुरा गरेको बताए । आफ्नो मायालाई घुम्न जानका लागि प्रेमीले अफर गरेको र त्यसलाई प्रेमिकाले स्विकार गरेको बिषयलाई गीतमा समावेश गरिएको उनको भनाई छ ।

खेम सेन्चुरीको संगीत रहेको गीतमा शिव पौडेलको शब्द छ । यो गीतको भिडियोमा पार्वती राई र राजु महरठ्ठाले मोडलिङ गरेका छन् । स्मृती तिमिल्सिनाले भिडियोको निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment