+

पेरिस सेन्ट जर्मेनसँग रियल मड्रिडको लज्जास्पद हार

२०७३ साउन  १३ गते ९:५८ २०७३ साउन १३ गते ९:५८
पेरिस सेन्ट जर्मेनसँग रियल मड्रिडको लज्जास्पद हार

Thomas Meunie१३ साउन, काठमाडौं । थोमस मुनिरले डेब्यू खेलमा दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई पराजित गरेको छ ।

इन्टरनेशनल च्याम्पियन कपमा पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मुनिर ६ मिलियन पाउण्डमा यसै महिनाको सुरुमा क्लब बुर्गेसबाट लिग वान च्याम्पियन आएको थियो ।

थिएगो सिल्भा घाइते भएपछि उनी १० मिनेटमा नै मैदान प्रवेश गरे । उनले दुई गोल गरेपछि रोनाल्डो, ग्यारेथ बेलसहितका स्टार खेलाडीहरु विनाको रयल मड्रिडलाई पराजित गरेको हो ।

पेरिस सेज्ट जर्मेनले इन्टर मिलान र वेष्टब्रोमविरुद्धको मैत्रिपूर्ण खेलमा पनि जित हात पारिसकेको छ ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय