Comments Add Comment

रेखाको भूमिकालाई सस्पेन्स राख्दै सार्वजनिक भयोे ‘पलाँस’ टिजर

rekha in palas 1
नायिका रेखा थापाको भूमिकालाई अझै सस्पेन्समा राख्दै चलचित्र ‘पलाँस’को टिजर रिलिज गरिएको छ । कृषा चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।

चलचित्रमा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । चलचित्रको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गरिएको छ । तिहारमा चलचित्र रिलिज हुने जानकारी निर्मात्री कृषा चौलागाइले दिएकी छिन् । टिजरमा कुनै पनि संवाद राखिएको छैन ।

टिजर हेरेरै नायिका रेखा थापाको भूमिका के हो भनेर सहजै अनुमान लगाउन सकिदैन । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ ।

तराइका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको कथावस्तु उत्कृष्ट रहेको र ट्रेलरमा नायिका रेखा थापाको भूमिका खुलाउने निर्मात्री चौलागाइले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment