Comments Add Comment

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया आजदेखि

kulbahadur_gurung

१६ साउन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच महिनाअघि विभिन्न २२ देशका लागि प्रस्ताव गरेका राजदूतको सुनुवाइ प्रक्रिया आज सुरु हुने भएको छ ।

सरकारले वैशाख ८ गते २१ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो भने त्यसको एक महिनापछि थप एकजनालाई राजदूत सिफारिस गरेको थियो ।

सरकारले चीन, बेल्जियम, जर्मनी, बंगलादेश, जापान, बेलायत, कतार साउदी अरेबियालगायतका देशलागि राजदूत सिफरिस गरेको थियो ।

वरिष्ठताका आधारमा परराष्ट्र सेवाका आठ सहसचिव राजदूत सिफारिस भएका थिए । राजनीतिक भागबन्डामा १४ जनालाई राजदूत सिफारिस गरिएको छ । एमाले कोटामा ६, एमाओवादी कोटामा चार, राप्रपा नेपालको कोटामा तीन, मधेसी जनअधिकार फोरमको कोटामा एकजना सिफारिस भएका छन् ।

प्रमुख दलहरुबीच संसदीय नियमावलीमा देखिएको विवादले सुनुवाई समिति गठन ढिला भई प्रस्तावित राजदूतहरुको सुनुवाई हुन नसकेको हो ।

ओली सरकारले गरेको राजदूत सिफारिसको निर्णय नयाँ सरकारले उल्टाउँने हो कि भन्ने आशंकाका बीच राजदूतहरुको सुनुवाई हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment