Comments Add Comment

जन्मदिनमा संजयलाई ९१ लाखको कार उपहार

sanjaya dutta and car
जेलबाट मुक्त भएपछि पहिलो पटक नायक संजय दत्तले आफ्नो जन्मदिन मनाएका छन् । संजयले आफ्नो ५७ औं जन्मदिन मनाइरहँदा उनी खुबै खुशी देखिएका थिए ।

संजय जेलबाट बाहिर आएपछि उनको यो पहिलो जन्मदिन थियो, यसैले पनि श्रीमती मान्यताले उनलाई विशेष उपहार दिइन् । मान्यताले श्रीमान् संजयलाई जन्मदिनमा ९१ लाख मुल्य बराबरको कार उपहार दिइन् । श्रीमतीको सरप्राइज बर्थ डे उपहार पाएर संजय पनि खुशी देखिएका थिए ।

संजयको यो कारको नम्बर पनि ४५४५ छ । उनका सबैजसो कारको नम्बर यही नै छ । संजयले मिडिया र उनका केही नजिकका साथीलाई बोलाउँदै केक काटेका थिए । जन्मदिनमा संजयले सलमानलाई आफ्नो भाइ भनेका थिए । तर, सलमान संजयको जन्मदिनमा उपस्थित थिएनन् ।
संजयका अनुसार सलमानले उनलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment