+
+

दाङ देउखुरी समाज युएई अलएन क्षेत्रीय समिति बिस्तार

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १६ गते १२:३६

Dang-Samaj

युएई । दाङ देउखुरी समाज युएईको अलएन क्षेत्रीय भेलाले अलएनमा १२ सदस्यीय समिति गठन गरेको छ ।

दाङ देउखुरी समाज युएईका केन्द्रीय कार्यसमिति अध्यक्ष शान्त गिरीको अध्यक्षता र दाङवासी समाजसेवी नरेश सेनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संस्थाका केन्ऽीय कार्यसमिति पदाधिकारी, अबुधावी क्षेत्रीय समिती पदाधिकारी सहित अलएनमा रहेका दाङवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नवगठित अलएन क्षेत्रीय समितिमा अध्यक्षमा देवराज वली, उपाध्यक्षमा प्रमिला महतरा, सचिवमा प्रेम बहादुर चन्द, सहसचिवमा शिवराज पोख्रेल, कोषाध्यक्षमा राम बहादुर बुढा र सह कोषाध्यक्षमा शिव पुन चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नरेश भण्डारी, गोकुल राना, ज्ञानबहादुर रखाल, टंकराज वली र लेखराज गिरी हुनुहुन्छ भने सल्लाहकारमा खिमबहादुर के.सी. छन् ।

गवगठित समितीका पदाधिकारी हरुलाई केन्ऽीय कार्यसमिति अध्यक्ष शान्त गिरीले सपथ ग्रहण गराउँदैसफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

नवगठित समितिका तर्फबाट बोल्दै अध्यक्ष देवराज वलीले अलएन क्षेत्रमा रहेका सम्पूर्ण दाङवासीहरुलाई समेट्दै आफू र आफ्नो समिति जिल्लावासीका्े हितका लागि दृढतापूर्वक अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?