+
+

चितवन समाज युएईको नेतृत्वमा गणेश न्यौपाने निर्वाचित

आरपी सहयात्री आरपी सहयात्री
२०७३ साउन १६ गते १२:४६

Chitwan-Samaj-UAE

युएई- चितवन समाज युएईको तेस्रो अधिवेशनबाट अध्यक्षमा गणेश न्यौपाने निर्वाचित भएका छन् । अर्का प्रत्यासी श्याम पोखरेललाई पराजित गरी न्यौपाने समानको अध्यक्ष बन्न सफल भएका हुन् ।

गत शुक्रबार भएको तेस्रो अधिवेशनले विगत ६ वर्षदेखि कार्यसमितिमा रही विभिन्न अनुभव र जिम्मेवारी सम्हाल्दै आएका समाजका आजीवन सदस्य न्यौपानेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

निर्वाचित कार्यसमितिले दुई जना सदस्य पछि थप गर्ने गरी नवनिर्वाचित समितिको उपाध्यक्षमा तीन जना क्रमशः प्रवीन बिक, अस्मिता पाण्डे, परशुराम घिमिरे रहेका छन् भने महासचिवमा जगत क्षेत्री, सचिवमा सुवास अधिकारी, कोषाध्यक्षमा दिपक पौडेल, सहकोषाध्यक्षमा सुनिल पौडेल र प्रवक्तामा रमेश क्षितिज चयन भएका छन् ।

दशजना केन्द्रीय सदस्यहरुमा रामचन्द्र न्यौपाने, बिन्दु गिरी, तुलप्रसाद अधिकारी, विनय यादव, सूर्य ढकाल, राम दर्नाल, केशव अधिकारी, सकिल अली, रवि जयसवाल र खिमानन्द कँडेललाई समाजको साधारण सभाले चयन गरेको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवनबासीहरुबीच आपसी सहयोग र भाइचारा आदानप्रदान गर्दै साझा चौतारी बनाउने मुख्य उदेश्यका साथ सन् २०१२ मा चितवन समाज युएईको स्थापना गरिएको समाजका संस्थापक तथा सल्लाहकार पत्रकार निमकान्त पाण्डेले बताए ।

चितवनका विपत्तिहरुमा सहयोग गर्दै आएको यस समाजले विगतदेखि वर्तमान अवस्थामा युएईमा रहेका चितवनवासीसम्म पुग्ने कोसिस गरिरहेको सल्लाहकार अरुण सुवेदीले मन्तव्यको क्रममा बताएका थिए ।
नेपाली समाज, युएईका अध्यक्ष चन्दप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रमको सभापति समाजका निवर्तमान अध्यक्ष मित्रलाल पाण्डेले गरेका थिए ।

नवनिर्वाचित अध्यक्षले सबैसँग हातेमालो गर्दै मिलेर संस्थालाई चितवनबासीहरुको साझा चौतारी बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । समाजका पूर्वअध्यक्ष श्याम पोखरेल, प्रवीन बिक, रमेश सुवेदी लगायतले मन्तब्य राखेका थिए ।

अध्यक्ष पदको चयन श्याम पोखरेल र गणेश न्यौपाने बीच गोप्य निर्वाचन प्रणालीबाट भएको थियो भने पत्रकार भुपराज बस्याल र मोहन बस्यालले निर्वाचन पर्यवेक्षण गरेका थिए । कार्यक्रममा युएईमा कार्यरत चितवनबासीहरुको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?