+
+

हतियार किनबेच गर्ने क्रममा ४ जना समातिए

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ साउन १६ गते २०:०१

Pakrau

१६ साउन, रौतहट । रौतहटको सरमुजवा ८ बंकुल बाट सशस्त्र प्रहरी बलले दुई थान हतियारसहित चार जनालाई पक्राउ गरेको छ ।

मध्य क्षेत्रिय सशस्त्र बल मुख्यालय रुद्र बाहिणी पथलैयाको टोलीले विषेश सूचनाका आधारमा चार जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सरमुजवा ९ का कमलेश पटेल, राकेश पटेल, सरमुजवा ८ का राकेश कुमार सिंह र सरविन्द्र पटेल रहेका छन । उनीहरुको साथ बाट एक थान पेस्तोल र अर्को एक थान सिक्सर बन्दुक बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका राकेश पटेलले हतियार रौतहट मत्सरीका एक व्यक्ति लाई बेच्न जाने क्रममा सशस्त्र प्रहरीका सादा पोशाकमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेको बताए । रकमको खाँचो भएकोले हतियार बेच्न खोजेको पटेलले बताए ।

गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय रौतहटका नायब उपरिक्षक निर्मल खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?