१७ साउन, डोटी । बडिमालिका यातायातले नयाँ बस सञ्चालनमा ल्याएको विरोधमा सुदूरपश्चिम यातायात व्यवसायी संघले गरेको अनिश्चित सुदूरपश्चिम यातायात बन्द खुलेको छ ।
आइतबार अबेर कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलीय बैठकको छलफलपछि वन्द फिर्ता लिने सहमति भएको हो ।
शुक्रबार पक्राउ परेका पाँच जनालाई विना शर्त रिहा गर्ने, बडिमालिका यातायात प्रालिका अध्यक्ष कान्छा महर्जनलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालय कैलालीमा उपस्थित गराउने र अब बस्ने यातायात व्यवस्थापन समितिको बैठकसम्म बडिमालिकाको यातायात बन्द गर्ने लगायतमा सहमति जुटेसँग सवारी सञ्चालन हुने भएको हो ।
सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले उल्लेखित बुुँदाहरुमा सहमति रहेको बताउँदै चाक्काजाम फिर्ता लिएको जानकारी दिए ।
यस अघि शुक्रबार बडिमालिका यातायात प्रालिले काठमाण्डौं-धनगढी रुपटमा सवारी साधन चलाएको विषयलाई लिएर विवाद भएको थियो ।
बडिमालिका यातायात प्रालिसँग बैठकभई सहमति नभएसम्मका लागि सुदूरपश्चिमको यातायातमा सिण्डिकेट कायम रहने भएको छ ।
प्रतिक्रिया 4