तँ खर छाएको छानो देख्छस्,
म कुँदेको दैलो देख्छु
ए कवि, तैंले देखेको निलो आकाश
म त मैलो देख्छु
पुस्तकका पानामा कैद
तेरा ति आदर्शका पात्रहरु
आज भरिरहेछन् भकारी,
भरिरहेको थैलो देख्छु
ए कवि ! प्यास मेट्दा रैछन्,
यहाँ मात्र खोट भेट्दा रैछन्
पेट पाल्न आफ्नो
आफ्नाले नै बेच्दा रैछन्
माथी चढ्दा खुट्टा तान्ने,
पछार्ने यो दुनिया
जिउँदो मान्छे पनि
हाँसी हाँसी रेट्दा रैछन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4