Comments Add Comment

प्रधानमन्त्रीका लागि प्रचण्डको उम्मेदवारी दर्ता

prachanda

१८ साउन, काठमाडौं । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रचण्ड आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झा, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

एमालेले भने प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ । एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरसँग भने, ‘हामीले प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’

प्रधानमन्त्री पदको उम्मेदवारी दर्ताका लागि विहान ११ बजेदेखि अपराहृन ४ बजेसम्मको समय तोकिएको छ ।प्रधानमन्त्री पदको चुनाव बुधबार विहान ११ बजे संसदमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment