Comments Add Comment

‘म नोकर्नी हुँ, मेरा आवाज सुन !’

brazil_sao_paulo_housemaid_joycefernandes
काठमाडौं । ‘जोस, तिमी नोकर्नी बन्नकै लागि जन्मिएकी हौ’ ब्राजीलको साओपाओलो शहरमा घरेलु कामदार जोस फर्नान्डिसले कयौंपटक यस्ता खालका दुर्व्यवहार आफ्नो मालिकबाट व्यहोरिन् ।

मालिकको बारेमा जोस भन्छिन्, ‘जब मैले पढ्छु भनेर छुट्टी मागें तब उनले इन्कार गर्दै भने- तेरो भाग्यमा नोकर्नी बन्ने नै लेखेको छ ।’

जोस आजभोलि र्‍यापर (र्‍याप संगीत बजाउने वा गाउने व्यक्ति) बनेकी छन् र विद्यालयमा इतिहास पनि पढाउँछिन् ।

अनेकौं छेंडछाँड र कडा अनुभवका बीच जोस चाहन्थिन् की उनी केही नयाँ गरौं जसबाट अन्य कामदारका अनुभव पनि सामुन्ने आओस् ।

जोसले आफ्नो कहानी फेसबुकमा राखिन् जसमा धेरै व्यक्तिले निकै चासो देखाए । यस लोकप्रियतालाई देखेर जोसले ह्यासट्याग पनि बनाइन् जसलाई उनले #EuEmpregadaDoméstica (I Housemaid) अर्थात् ‘म घरेलुकामदार’ नाम दिइन् ।

brazil_sao_paulo_housemaid

ह्यासट्याथ ‘आई हाउसमेड’ नामको यस पेजमा कैयौं घरेलु काम गर्ने महिलाहरुले यौन दुर्व्यवहार र प्रताडनाको बारेमा आफ्ना अनुभव साटेका छन् ।

यो पेज निकै लोकप्रिय बन्यो । अहिलेसम्म एक लाख १३ हजारभन्दा धेरैले यसलाई लाइक गरेका छन् ।

एक कामदार महिलाले लेखेकी छन्, ‘मेरो बिहेको दिन मेरा लागि जीबनकै सबैभन्दा लज्जास्पद दिन बन्यो । मलाई दुलहीले लगाउने पहिरन यसकारण लगाउन दिइएन ताकि बिहेका पाहुनाहरुलाई थाहा होस् म नोकर्नी हुँ ।’

यद्यपी जोस यो पनि भन्छिन् कि सबै मालिकहरु नराम्रा हुँदैनन् । उनकै एक मालिक्नीले नै उनलाई स्कुल गरेर आफ्नो अधुरो पढाइ पुनः शुरु गर्न प्रेरित गरेकी थिइन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment