Comments Add Comment

संघीयता कार्यान्वयनको तयारी तिव्र पारः मुख्यसचिव सुवेदी

Somlal Subedi (2)

१८ साउन, काठमाडौं । सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले संविधान कार्यान्वयनका लागि भइरहेका कामलाई थप गति दिन संघीयता कार्यान्वयन तथा प्रशासनिक पुनः संरचना समन्वयन समिति अन्तरगतका समूहहरुलाई निर्देशन दिएका छन् ।

संविधान कार्यान्वयन र प्रशासनिक पुनर्संरचनाका लागि मुख्य सचिवले विभिन्न पाँचवटा समूहहरु गठन गरेका थिए ।

ती समूहहरुलाई लिखित निर्देशन दिँदै मुख्य सचिव सुवेदीले संघीयता कार्यान्वयन इकाइलाई प्रभावकारी तुल्याउन र त्यससँग सम्वन्धित कामलाई थप तिव्रता दिन निर्देशन दिएका हुन् ।

मुख्य सचिव सुवेदीले सहसचिवहरु प्रमुख रहने गरी संविधान कार्यान्वयनका लागि सामाजिक समूह, आर्थिक समूह, पूर्वाधार समूह, सुरक्षा तथा शासकीय प्रवन्ध समूह, र संवैधानिक निकाय, कानुन, संसद र अन्य समूह गरी कार्यविभाजन गरेका थिए ।

ती समूहहरुले संविधानले व्यवस्था गरेअनुसार संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने काम र संरचना प्रस्ताव गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment