+
+

‘राष्ट्रिय चलचित्र नीति’ कार्यन्वयनका लागि समिती गठन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते १०:१९

yadav kharel
चलचित्र निर्देशक यादब खरेलको संयोजकत्वमा संचार मन्त्रालयले ‘राष्ट्रिय चलचित्र नीति’ कार्यन्वयनको अनुगमन तथा मुल्यांकन समिती गठन गरेको छ । नेपाल सरकार मन्त्रिस्तरको साउन १३ गतेको निर्णय अनुसार निर्देशक खरेलको संयोजकत्वमा दुई बर्षका लागी नौ सदस्य समिती गठन गरिएको हो ।

समितीको सदस्यहरुमा हरिहर शर्मा, युवराज लामा, चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राई, श्याम सापकोटा, चलचित्र पत्रकार शान्तिपि्रय, सबनम मुखिया, चलचित्र प्राबिधिक बसन्त कुमार रुपाखेती छन् ।

समितीको सदस्य सचिबमा सुचना तथा संचार मन्त्रालयका कानुन उपसचिव पुस्करराज नेपाल छन् । समितिको उद्देश्य चलचित्र क्षेत्रलाई सिर्जनशील सांस्कृतीक एबं मनोरञ्जनात्मक उद्योगको रुपमा बिकास गर्नु रहेको छ ।

स्वदेशी चलचित्रको बिकास र संरक्षण गर्दै चलचित्रको प्रर्बद्धन एबं चलचित्रकर्मीहरुको हकहितको संरक्षण गर्न समिती गठन गरीएको संचार मन्त्रालयले बताएको छ । समितीले राष्ट्रिय चलचित्र नीतिको कार्यन्यन पक्षलाई समन्वयत्मक रुपमा अनुगमन, सहजिकरण गर्नेछ ।

समितीको कार्यक्षेत्र राष्ट्रिय चलचित्र नीति २०७१ को स्विकृत कार्ययोजनाको प्रभाबकारी कार्यन्यन भए नभएको अनुगमन गरी सो को कार्यन्वयनमा सहजिकरण गर्ने र सो को प्रतिबेदन सुचना तथा संचार मन्त्रालयमा पेश गर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?