+
+

‘जोनीबाट जेन्टलम्यान’ बन्नेछन् पल, आँचलसँग प्रेम र रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते १६:१०

johny gentalman (1)

म्यूजिक भिडियोका निर्देशक नीतिन चन्दले निर्देशन गर्न लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को औपचारिक घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फरक कथावस्तुमा नौलो प्रस्तुती सहित चलचित्र बन्ने जानकारी गराइयो ।

योर स्टाइलको प्रस्तुतीमा बन्ने चलचित्रमा मोडल तथा नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिकामा छन् । कार्यक्रममा बोल्दै निर्देशक चन्दले यो चलचित्रमा आफूले जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने देखाउन लागेको बताए । एउटा पात्रको परिवर्तनलाई चलचित्रमा देखाउने उनको भनाई थियो । यो चलचित्रमा पल चकलेटी अवतारबाट एक्सन अवतारमा बदलिनेछन् ।

चलचित्रका लागि नायक पल शाहले एक्सन, जिम्न्यास्टिकको तालिम लिइरहेका छन् । उनलाई चलचित्रका द्धन्द्ध निर्देशक प्रकाश विक्रम शाहले तालिम दिइरहेका छन् । पलले दैनिक ४ घन्टा आफूले तालिम लिइरहेको बताए ।
johny gentalman (2)
नायिका आँचल शर्माले दोश्रो पटक पलसँग काम गर्न पाउँदा खुशी लागेको जानकारी दिदै २ सय प्रतिशत प्रतिफल दिने बताइन् । हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको चलचित्रमा प्रशान्त तामाङको नृत्य निर्देशन रहनेछ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले एउटा फरक कथामा बन्न लागेको चलचित्र सफल होस् भनेर शुभकामना दिएका थिए । चलचित्र बजारमा पल र आँचलको प्रेम चर्चा चलिरहँदा यी दुई एकसाथ चलचित्रमा दोश्रो पटक देखिन लागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?