+
+

मह सिकारको गन्तव्य डुडेलेक ओझेलमा

रासस रासस
२०७३ साउन २० गते १०:४२

vir-mauri-bhir-mauri
२० साउन, बेनी (म्याग्दी) । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो । डुडेलेकमा प्रशस्त भिरमौरी पाइन्छन् ।

रुमको बेली गाउँबाट करिब पाँच घन्टाको दूरीमा रहेको डुडेलेकबाट विभिन्न हिमशृङ्खलाका साथै जिल्लाको ओखरबोट, दरवाङसहित विभिन्न गाविसका भू–भागका साथै बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पतिसमेत प्रशस्तै पाइने स्थानीय युवा तुलबहादुर पुनले बताए ।

छिमेकी जिल्ला बागलुङको ताराखोला गाविसका युवा क्लबले लेकको चुचुरोमा पुगेर नेपाली राष्ट्रिय झन्डासमेत फहराएको भएपनि म्याग्दीको जिविससहितका पर्यटनका क्षेत्रमा काम गर्ने निकायबाट कुनै चासो नदिएकाले आफ्नै पर्यटकीय क्षेत्रसमेत गुम्ने अवस्थामा रहेको रुमवासीले गुनासो गरेका छन् । सो लेकमा निस्कोट, दरवाङ, ओखरबोट र रुम गाविसबाट बेलाबेलाका शैक्षिक भ्रमण तथा वनभोज खान जाने गरेका छन् ।

डुडेलेकलाई धार्मिक, पर्यटकीय तथा मह सिकारको गन्तव्य बनाएरसमेत आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ । लेकमा मृग, रतुवासहितका वन्यजन्तुसमेत देखिन्छन् ।

लेकमा हरेक वर्ष जेठको २० गते विशेष पूजाआजासहित मेलासमेत लाग्ने गर्दछ । लेकमा रहेको शिवमन्दिरमा पूजा गर्न रुम, ओखरबोटसहित बागलुङबाट समेत भक्तजन आई मनोकामना पूरा हुने जनविश्वासका साथ पूजा गर्ने गर्दछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?