+
+

प्रियंका भन्छिन्-‘यूएस, यूके धेरै पटक आएँ, तर अमेरिका पहिलो पटक’

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते ११:१६

Priyanka Karki (3)
करिब १ महिना लामो अमेरिका भ्रमण सकेर नायिका प्रियंका कार्की नेपाल आएकी छिन् । यतिबेला उनको हातमा खासै चलचित्र छैन । कुनै बेला चलचित्र धेरै भएर कार्कीको व्यस्तता बढी थियो । तर, अहिले उनको हातमा कुनै पनि चलचित्र छैन । भदौ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को प्रमोशनमा उनले समय दिनुपर्नेछ । तर, उनका अनुसार उनी अब बेलायत पुग्नेछिन् ।

विदेशमा हुने कार्यक्रम भनेपछि उत्साहित हुँदै यी नायिकाले समय मिलाइहाल्छिन् । कमै मात्र कलाकार यसरी विदेश यात्रामा निस्कन पाउँछन् । प्रियंका ६ बर्ष अगाडि अध्ययन पुरा गरेर अमेरिकाबाट नेपाल फर्किएकी थिइन् । यसपछि, उनी चलचित्रमा व्यस्त मात्र भइनन्, उचाइमा पनि पुगिन् । अफर आएका सबै चलचित्र र म्यूजिक भिडियोमा काम गरिन् ।

हालै मात्र प्रियंकाले ‘मज्जाको टीभी’ नामक युटुब टीभीलाई दिएको एक अन्र्तवार्ताले सामाजिक संजालमा चर्चा पाइरहेको छ । अमेरिका तपाइको कती औ पटक हो भन्ने प्रश्नमा नायिका कार्कीले उत्साहित हुँदै भनेकी छिन्-‘अमेरिका मेरो फस्ट टाइम हो । यूके, यूएस त धेरै पटक पुगिसके । तर, पढाई सकेर नेपाल फर्किएपछि म पहिलो पटक अमेरिका आएकी हुँ ।’

प्रियंकाले ‘यूएस’ धेरै पटक पुगेपनि अमेरिका पहिलो पटक आएको भनेर दिएको अन्र्तवार्ताले फेसबुकमा धेरैले उनलाई हाँसोको पात्र पनि बनाएका छन् ।

हुनत, प्रियंकाले यो जानी-जानी बोलेकी होइनन् । तर, पनि नायिकाको यो गल्ती अहिले उनलाई नै भारी परेको छ । केही समय अगाडि नायिका रेखा थापाले अमेरिका पुगेर ‘होम सिक लाई होमलेस’ भनेपछि त्यसले पनि आलोचनात्मक चर्चा पाएको थियो । बोल्दा बोल्दै कहिलेकाही हाड नभएको जिव्रो लटपटिन्छ ।

नायिका कार्कीले फेसबुकमा घुमाउरो शैलीमा यस बिषयमा दुखेसो पोखेकी छिन् । उनले राम्रो काम गर्दा खासै चर्चा नहुने तर एउटा शब्द गल्ती हुँदा पनि त्यसलाई ठूलो बिषय बनाइने भन्दै गुनासोले भरिएको स्टाटस कोरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?