+
+

भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढ्यो

रासस  रासस 
२०७३ साउन २१ गते १४:१९

भक्तपुर । भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा भाइरल ज्वरोको प्रकोप बढेपछि भक्तपुरका सात वटा अस्पतालमा बिरामीको चाप बढेको छ । बालबालिकादेखि जेष्ठ नागरिकसम्ममा पनि भाइरल ज्वरोको प्रकोप बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो ।

Viral-Feverसरकारी अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको श्ययासमेत भरिएका छन् । अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले भाइरल ज्वरोको प्रकोप बढेपछि बिरामीको चाप पनि बढेको बताउँदै अस्पतालको श्यया भरिएको जानकारी दिए ।

उनले भने, ‘भाइरल ज्वरो र अन्य बिरामीको चाप बढेकाले श्ययासमेत भरिएको छ, अस्पतालमा दैनिक २०० बिरामी स्वास्थ्य परीक्षण लागि आउने गरेका छन् तीमध्ये धेरैजसो भाइरल ज्वरो र झाडापखालाका बिरामी हुने गरेका छन् ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिबहादुर केसीले अहिलेको ज्वरो सरुवा भएकाले परिवारमा एक जनालाई ज्वरो आउँदा सतर्क नभए अरुलाई पनि सर्ने गरेकाले पनि बिरामीको चाप बढेको बताए ।

भक्तपुरका जगातीस्थित सिद्धि स्मृति बाल अस्पतालमा समेत बिरामीको चाप बढेको छ । अस्पतालले बालबालिकामा पनि भाइरल ज्वरोको प्रकोप बढी पाइएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै, भक्तपुरको इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल, कोरिया नेपालमैत्री अस्पताल, नागरिक अस्पतालमा पनि भाइरल ज्वरोको बिरामीको चाप बढेको अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?