+
+
Shares

डेनमार्कमा ‘नेपथ्य’को भव्य कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २१ गते १४:५४

nepathya in denmark (8)
नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले डेनमार्कको राजधानी कोपेनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । आमाबियो हलमा मंगलबार भएको कार्यक्रममा दर्शकले यो ब्याण्डलाई अन्तिम समयसम्म साथ दिएका थिए । डेनमार्कमा बसोबास गर्दै आएका नेपालीदेखि डेनमार्कीवासी पनि यो कन्सर्टमा सहभागी भए ।

ब्याण्डको प्रस्तुती हेरेका दर्शकले सकारात्मक उर्जाको प्रवाहा भएको बताए । आइएनएसले आयोजना गरेको कन्सर्टमा दर्शकको उपस्थिती देखेर आयोजक दंग परेको थियो । ब्यान्डका गायक अमृत गुरुङले नेपालको राजनीतिक नेतृत्वलाई ढिला हुनुभन्दा पहिले नै केही गरिहाल्न सचेत गराएका थिए । उनले भने-‘विश्वका महत्वपूर्ण स्थानमा पढेलेखेका र संसार देखेका तन्नेरीहरु जाग्नुभन्दा पहिले नै म हाम्रा नेताहरुलाई सकारात्मक पाइला चाल्न अनुरोध गर्दछु ।’ nepathya in denmark (1) nepathya in denmark (4) nepathya in denmark (6)
कार्यक्रममा ‘छेक्यो छेक्यो, हिमाल चुचुरे, रेशम, तालको पानी, कोशीको पानी यो जिन्दगानी’ लगायतका गीतहरु प्रस्तुत गरिएको थियो । यो कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, गितारमा निरज, मादलमा शान्ती र वेस गितारमा सुविनले साथ दिएका थिए ।nepathya in denmark (5) nepathya in denmark (7) nepathya in denmark (9)

तस्बिरः सिक्स डिग्री

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?