Comments Add Comment

नौं वर्षपछि नेविसंघको महाधिवेशन, सीसी क्यामेराबाट निगरानी

२३ साउन, काठमाडौं । नेपाल विद्यार्थीसंघको ११ औं महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । २५ साउन सम्म चल्ने महाधिवेशनको कांग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Nebisanghनेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित एक कोषध्यक्षसहित केन्द्रीय कार्यसमिति एक सय ५१ सदस्यीय हुने छ ।

दश वर्षपछि महाधिवेशनमा उत्रिएको नेविसंघमा चुनावी सरगर्मी छाएको छ । अाज बिहानबाट महाधिवेशन स्थलमा सवारी साधान प्रवेशमा राेक लगाइएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

लामो समय अधिवेशन नभएका कारण अध्यक्ष लगायतका पदहरुमा उमेदवारको संख्या धेरैछ ।  पार्टी गुट र नेताका नजिकका पनि एक भन्दा बढी भएकाले मिलाउन समस्या देखिएको छ ।

माउपर्टीका सभापति शेरबहादुर देउवाको पक्षबाट जितजंग बस्नेत र नैनसिंह महर प्रमुख दाबेदार रहेका छन् ।  उनीहरुसँगै रत्न कार्की, सरोज थापा र राजीव ढुंगानाले समेत अध्यक्षेको दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

नेता रामचन्द्र पौडेलको तर्फबाट मनोजमणि आचार्य र दीपक भट्टराई प्रमुख दावेदार रहेका छन् ।  सोही पक्षमा आनन्द त्रिपाठी र नीलकण्ठ रिजालले पनि दाबी प्रस्तुत गरेका छन् ।  त्यस्तै कुन्दनराज काफ्ले र शुभराम बस्नेतपनि अध्यक्षको दाबेदार हुन् ।

सीसी क्यामेराबाट निगरानी

महाधिवेशन स्थलमा सुरक्षा चुनौति रहेको भन्दै नेपाल प्रहरीले सीसी क्यामेराबाट निगरानी बढाएको छ । चार ठाउँमा सीसीक्यामेर जडान गरिएको छ । हलको बाहिर धेरै गतिविधि हुने स्थानमा सीसीक्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ ।

महाधिवेशनमा १ करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा लाग्ने सबैंखर्च पार्टीले नै वेहोर्ने भएकाले चन्दा नउठाएको नेविसंघले जनाएको छ ।

२०६४ सालमा प्रदीप पौडेल अध्यक्षमा निर्वाचित भएयता महाधिवेशन हुन सकेको थिएन । ६ महिनाभित्र महाधिवेशन गर्न २१ माघ २०६८ मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले रञ्जित कर्णलाई अध्यक्ष बनाएर जिम्मेवारी दिएका थिए । तर, आठौं प्रयासमा बल्ल महाधिवेशन हुने स्थिति बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment