+
+

ठमेलको नर्सिङचोकमा आगलागी, झण्डै ८० लाख क्षति

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २३ गते १६:१०

 

Thamel-aaglagi
ठमेलमा लागेको आगो निभाउँदै अग्निनियन्त्रक । तस्वीर: कविन अधिकारी/अनलाइनखबर

२३ साउन, काठमाडौं । काठमाडौंको ठमेलस्थित नर्सिङ चोकमा आगलागी भएको छ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो ।

श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेको र ७०-८० लाख मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताएका छन् ।

बिहान पौने १० बजेतिर लागेको आगो दमकल र सोह्रखुट्टे प्रहरीको सहयोगमा २० मिनेटभित्र नियन्त्रणमा लिइएको सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठोरले जाानकारी दिए । समयमै प्रहरी र दमकल पुगेकाले धेरै क्षति हुन नपाएको उनले बताए ।

आगो निभाउन जुद्ध वारुण यन्त्रका दमकमल, नेपाली सेना, प्रहरी र स्थानीयबासी खटिएका थिए ।

Thamel-Fire

Thamel-Fire-7

Fire at Thamel (3)

Fire at Thamel (4)

Thamel-Fire-6

Fire at Thamel (2)

Fire at Thamel (5)

तस्वीर: कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?