+
+

‘राधे’मा निखिलसँग प्रियंका पक्का, अशिष्मा पनि हुन् मुख्य कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २३ गते १३:३९

priyanka in radhe film
ब्याक टू ब्याक चलचित्रको छायांकनमा व्यस्त रहेका नायक निखिल उप्रेतीले अब २ नायिकासँग रोमान्स गर्ने भएका छन् । निर्माता सुशिल पोखरेलले बनाउन लागेको नयाँ चलचित्र ‘राधे’को छायांकन भदौबाट सुरु हुनेछ । यो चलचित्रमा निखिल शिर्ष भूमिकामा काम गर्दैछन् । प्रेम र एक्सनको कथामा बन्न लागेको चलचित्रमा नायिका अशिष्मा नकर्मी पहिले नै पक्का थिइन् ।

तर, अब सुशिलले नायिका प्रियंका कार्कीलाई चलचित्रमा फाइनल गरेका छन् । ५ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएका निखिलले अनु शाह, नीशा अधिकारी, मलिना जोशी, वेनिशा हमाल, नीता ढुंगाना, अशिष्मा नकर्मीसँग काम गरिसकेका छन् । प्रियंकासँग भने उनको पहिलो पटक पर्दा शेयरिङ हो ।

चलचित्रलाई लेखक जगदिश्वर थापाले निर्देशन गर्दैछन् । योसँगै कलाकार फाइनल गरिएको सुशिलले जानकारी गराए । व्यवसायिक चलचित्र बनाउन माहिर मानिएका निर्माता पोख्रेलले निखिल, प्रियंका र अशिष्मा जस्ता कलाकारका कारण चलचित्रको ब्रान्ड भ्यालू पनि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?