+

पोग्बा म्यानचेष्टर युनाइटेड फर्किए, तर क्लबले कीर्तिमानी मूल्य तिर्‍यो

२०७३ साउन  २४ गते ९:०० २०७३ साउन २४ गते ९:००
पोग्बा म्यानचेष्टर युनाइटेड फर्किए, तर क्लबले कीर्तिमानी मूल्य तिर्‍यो

Paul Pogba२४ साउन, काठमाडौं । फान्सका मिडफिल्डर पाउल पोग्बा म्यानचेष्टर युनाइटेड फर्किएका छन् । तर, उनका लागि म्यानचेष्टर युनाइटेडले कीर्तिमानी मूल्य तिर्नु परेको छ ।

पोग्बाका लागि म्यानचेष्टर युनाइटेडले १०५ मिलियन युरो तिर्नु पर्नेछ । साथै बोनस र अरु खर्चलेे यो रकम अझ बढ्नेछ ।
पोग्बाले अबको केही दिनमा मेडिकल टेष्ट गर्नेछन् र म्यानचेष्टर युनाइटेडमा आवद्ध हुनेछन् ।

२३ वर्ष मिडफिल्डर २०१२ मा मात्र १.५ मिलियनमा म्यानचेष्टर युनाइटेडबाटै युभेन्टस गएका थिए । तर, रोनाल्डो र ग्यारेथ बेलको कीर्तिमानी ट्रान्सफर भन्दा ठूलो मूल्यमा उनी म्यानचेष्टर युनाइटेड र्फकँदैछन् ।

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले पोग्बाका लागि युनाइटेड उपयुक्त ठाउँ भएको बताए । उनले भनेका छन्, उनलाई दिन हामीसँग सबै कुरा छ र, उनले किन क्लबलाई रोजे भन्ने हामीलाई थाहा छ ।’

यदि विश्वको उत्कृष्ट खेलाडी हुने हो भने बार्सिलोना र रियल मडि्रड बाहेक अन्यत्र जानु उपयुक्त हुने उनले बताए ।

पाउल पोग्बा म्यानचेष्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय