Comments Add Comment

झापाली गायिका शिवाकोटीको ‘पतिदेव’ बजारमा

Kabita-Siwakoti-patidev

हिन्दू महिलाको महान चाड तीज नजिकिँदै जाँदा सांगीतिक बजार तीजमय भएको छ । अहिले नाम चलेका या नचलेका नेपाली गायक गायिकाहरुले तीज गीतका एल्वम तयार गरी सार्वजनिक गर्ने गरिरहेका छन् ।

यसै क्रममा झापाकी गायिका कविता शिवाकोटी पनि नयाँ तीज गीत लिएर बजारमा आएकी छन् । उनको ‘प्ातिदेव, हजुरले भन्या जे पनि मान्छु, तर आज जे भने नि माइत जान्छु, जान्छु’ भन्दै नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।

नेपाली नारीहरुलाई तीजले झपक्कै छोपेका बेला माइत जान्छु भन्दै झापा विर्तामोडकी कविता शिवाकोटीले ‘पतिदेव’ एल्बम सार्वजनिक गरेपछि दर्शक तथा स्रोताहरुबाट धेरै राम्रो रेस्पोन्स पाएको अनलाइनखबरलाई प्रतिक्रिया दिइन् ।

उनले तीज लागेको छ है… बोलको गीत युट्युब मार्फत् सार्वजनिक गरेकी हुन् । उक्त गीत केही टेलिभिजनहरुमा पनि नियमित प्रसारण भइरहेको छ । कबितालाई मेलिना राईले स्वरमा साथ दिएकी छिन् ।

भाइब्स् क्रिएसनको प्रस्तुति रहेको उक्त भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाङ्कन रहेको म्युजिक भिडियो नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

कबिताले यसअघि आधुनिक, लोकपप तथा चलचित्रका गीतमा पनि स्वर दिइसकेकी छन् ।

यसबीचमा नयाँ गीतसँगै उनले यसपटकको तीन युएईमा मनाउने भएकी छन् । झापाली समाज युएईको तीज विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गायिका कबिता शिवाकोटी दुबई आउन लागेकी हुन् ।

दुबईको काल्टन टावर होटलमा २ सेप्टेम्बरमा आयोजना हुने तीज विशेष सांगीतिक कार्यक्रममा गायक तथा संगीतकार टंक बुढाथोकी र तारावीर पाण्डेसँगै कबिताको विशेष प्रस्तुति रहने कार्यक्रम आयोजक समितिका संयोजक रोहित भण्डारीले जानकारी दिए ।

संयोजक भण्डारीले कार्यक्रमको आयोजनाबाट उठेको रकम असहाय बालबालिकाहरुको अध्ययनमा खर्च गर्न दस लाखको अक्षय कोष स्थापना गर्ने लक्ष्य रखिएको जानकारी दिए ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment