Comments Add Comment

रुपन्देही जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

Rupandehi-District-Court२६ साउन, भैरहवा । रुपन्देही जिल्ला अदालतले गत आर्थिक वर्ष २०७२/७३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ ।

१५ वर्षे रणनैतिक योजनाले गत आव ०७२/७३ मा ६० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य दिएकोमा जिल्ला अदालतले ६८ दशमलव ५२ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको हो ।

आर्थिक वर्ष ०७२/७३ मा अदालतबाट बिभिन्न प्रकृतिका २ हजार ७ सय ४१ वटा मुद्दा फैसला भएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार खिमानन्द पाण्डेले बताए ।

उनले विगतका आर्थिक वर्षहरुबाट १ हजार ३ सय २३ मुद्दा र यस वर्ष नयाँ दर्ता भएका २ हजार ६ सय ७७ वटा मुद्दा गरी कुल ४ हजार मुद्दामध्ये ६८ दशमलव ५२ प्रतिशत अर्थात २ हजार ७ सय ४१ वटा मुद्दा फैसला गरिएका बताए ।

त्यस्तै उनका अनुसार अब १ हजार २ सय ५९ मुद्दा फर्छ्यौट हुन बाँकी छ । जसमा १ वर्ष भित्रका मुद्दाहरु १ हजार १ सय २ वटा, १ वर्षदेखि १८ महिनासम्मका १ सय ३२ वटा मुद्दा र १८ महिनादेखि २ वर्ष भित्रका २५ वटा मुद्दा रहेको छ ।

रुपन्देही जिल्ला अदालतमा फौजदारी भन्दा देवानी प्रकृतिका मुद्दाहरु बढी दर्ता भइरहेका छन् । देवानीमा पनि अंश मुद्दा, सम्बन्ध बिच्छेद, लेनदेनका मुद्दाहरु बढी रहेको श्रेस्तेदार पाण्डेको भनाइ छ । गत आर्थिक वर्षमा रुपन्देही जिल्ला अदालतमा सबैभन्दा बढी अंश सम्बन्धी मुद्दा ९ सय ८५ वटा र सम्बन्ध बिच्छेदका ४ सय ३२ वटा दर्ता भएका छन् ।

यसैगरी फौजदारी तर्फ भने सबैभन्दा बढी लागु औषधको मुद्दा दर्ता हुने गरेको उनले बताए । गत आर्थिक वर्षमा लागु औषध मुद्दामा ३ सय २० वटा तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी २५ वटा मुद्दा दर्ता भएको श्रेस्तेदार पाण्डेले बताए ।

मिट द जज, फास्ट ट्रयाक कोर्ट, सायंकालीन सेवा, फैसला भएकै दिन प्रतिलिपि, कम्प्युटराइज्ड सिस्टम लगायतका आधुनिक सुविधाहरु अहिले जिल्ला अदालतले प्रदान गरीरहेको रुपन्देही जिल्ला अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment