+
+

नेविसंघ विवाद मिल्दै गर्दा अखिलको विवाद चुलियो

नविनालाई थाहै नदिई ऐन महरले बोलाए बिशेष भेला

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २६ गते १६:००

Nabina Lama And Ain Mahar

२६ साउन, काठमाडौं । कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा आपसी विवादले महाधिवेशन अवरुद्ध भइरहेका बेला एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको विवाद चुलिएको छ । अध्यक्ष नविना लामा र महासचिव ऐन महरको विवादका कारण अखिलमा असन्तुष्ट पक्षले अलग्गै भेला आह्वान गरेको छ ।

महरलाई कारवाही हुनुपर्छः पराजुली

केही महिनाअघि सम्पन्न राष्ट्रिय महाधिवेशनमा एउटै प्यानलबाट जितेका अध्यक्ष लामा र महासचिव महरबीच केन्द्रीय सचिवालय सदस्यको कार्य बिभाजनमा कुरा नमिलेपछि संगठन बिभाजित अवस्थाम पुगेको सचिव सुदेश पराजुलीले बताए ।

Sudesh Parajuliअध्यक्ष लामा र महासचिव महर पार्टीमा संस्थापन पक्षका हुन् । सचिव सुदेश पराजुली, आरती लामा र ओसिम आलम बाहेक अखिलका १७ मध्ये १४ पदाधिकारी केपी ओली पक्षकै हुन् । तर अहिले लामा र महरको विवादमा माधव नेपाल पक्ष भने लामाको पक्षमा उभिएको छ ।

संगठनको पद्धति र अनुशासन विपरित महासचिवले गतिबिधि गरेकाले आफूहरुले अध्यक्षलाई साथ दिएको पराजुलीले बताए । अबैधानिक रुपमा केन्द्रीय कमिटीको भेला बोलाउने महासचिवमाथि कारवाही हुनुपर्ने उनले बताए ।

महासचिव ऐन महरले भदौ ४ गते केन्द्रीय कमिटीको विशेष भेला भन्दै फेसबुक मार्फत आह्वान गरेका छन् । केन्द्रीय कमिटीको विशेष भेलाबारे आफूलाई जानकारी नभएको अध्यक्ष लामाले बताइन् । उनी हाल मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको तयारीका लागि सुर्खेतमा छिन् ।

अध्यक्ष लामाले अनलाइनखबरसँग भनिन्- म सप्तरीको तिलाठी र सुनसरीका बाढीपीडितलाई राहत प्रदान गरेर हाल सुर्खेत हुँदै प्युठानका पहिरो पीडितलाई राहत दिन जादैछु, भेलाबारे म अध्यक्षलाई थाहा छैन, त्यो संगठनको भेला होइन ।

दबाब दिन भेलाःबराल

Sunita Baralयता महासचिव महर पक्षकी उपाध्यक्ष सुनिता बरालले भने अध्यक्षले बिधान विपरित बिभागहरु बनाएर महासचिव बिनाको बैठकबाट कार्यबिभाजन गरेकाले संगठनमा बेथिती शुरु भएको बताइन् ।

यसबारे के गर्ने भनेर केन्द्रीय सदस्य, राष्ट्रिय परिषद सदस्यहरुको राय लिन भेला बोलाइएको उनको दावी छ ।

बरालले भनिन्- अध्यक्ष संगठनभित्रको विवाद मिलाउने र बिधिपूर्वक जाने पक्षमा देखिनुभएन । त्यसअघि नै कुरा मिलेन भने भेलाले कार्य बिभाजन गरेर अघि बढ्न सक्छ । हामीले इन्चार्जलाई पनि भनेका छौं मिलाउनका लागि ।

महरको शक्ति कति ?

अखिलको एक सय ५१ सदस्यीय राष्ट्रिय परिषद, ४२१ सदस्यीय केन्द्रीय कमिटी र १७ पदाधिकारी छन् । विवाद मिलाउन दबाब दिनका लागि महर पक्षले भेला बोलाएको स्रोतले जनाएको छ ।

पदाधिकारीमा महासचिव महरको पक्षमा उपाध्यक्षद्वय महेश वर्तौला, सुनिता बराल, सचिवहरु समिक बडाल, आरसी लामिछाने, अमृत बुढा र आयोग अध्यक्ष तुलसीराम मैनाली देखिएका छन् । नविनाको पक्षका उपाध्यक्षद्वय रश्मी आचार्य, शैलेश लामा र मकर खड्का छन् ।

अर्का सचिव धर्मेन्द्र रोकाय दुबै पक्षका खुलेका छैनन् भने माधव नेपाल पक्षका तीन सचिव नविनाको पक्षमा छन् । सिंगो केन्द्रीय कमिटीमा ऐन महर पक्ष ४५ प्रतिशतको शक्तिमा रहेको नेपाल पक्षको दावी छ ।

महर पक्षधर उपाध्यक्ष बरालले भने आफूहरुको सबै कमिटीमा बहुमत रहेको दावी गरिन् । यद्यपी सचिवालयमा माधव नेपाल पक्षको साथ हुनासाथ नविना बहुमतमा रहेको दावी उनको पक्षको छ ।

एमाले नेताहरु नै बिभाजित

आफ्नै गुटमा विवाद भएपछि ओली पक्षधर एमालेका नेताहरुले भेला अघि नै विवाद टुंग्याउन सुझाव दिएका छन् । यसबारेमा विद्यार्थी फाँटका इन्चार्ज रविन्द्र अधिकारीले पहल गर्ने स्रोतले जनाएको छ । उनले पार्टीका नेताहरुले विद्यार्थीमा अनावश्यक खेल्दा यस्तो अवस्था आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अहिले अखिलको सन्दर्भमा ओली गुटभित्रै दुईधार हुनाले महर पक्ष र लामा पक्ष दुवै एक अर्कालाई निषेध गर्ने ढंगले अघि बढेको एमाले नेताहरु बताउँछन् । महरलाई अखिलका पूर्वअध्यक्ष माधव ढुंगेलको साथ रहेको र नविनालाई किशोर मल्लको साथ रहेको स्रोतको दावी छ ।

अहिले ओली समूहभित्रै कर्णबहादुर थापा, खिमलाल भट्टराई, माधव ढुंगेल, महेश बस्नेतहरु एकातिर रहेका छन् । नविना र किशोर मल्लहरुलाई भानुभक्त ढकाल लगायतका नेताको समर्थन रहेको छ ।

उपाध्यक्ष बामदेव गौतमले ओलीको साथ छाड्न खोजेको चर्चाले पनि अखिलमा असर परेको छ । संस्थापन पक्षभित्रकै यो विवादमा माधव नेपाल पक्ष भने रमिते बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?