Comments Add Comment

विदेशबाट सय ग्रामको टुक्रा सुन ल्याउने व्यवस्था मिलाउन पत्राचार

Gold२७ साउन, काठडमौं । भन्सार विभायलले विदेशबाट एक सय ग्रामसम्मको टुक्रा सुन ल्याउन व्यवस्था मिलाएन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

एक किलोग्राम सुन आयात गर्दा साना व्यापारीले सिधै वाणिज्य बैंकमार्फत खरिद गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायीसहितका छलफलबाट १ सय ग्रामको टुक्रा सुन ल्याउने सहमति भएको जानकारी दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

सुन आयात गर्ने अधिकार वाणिज्य बैंकलाई मात्र दिएपपिछि उनीहरुले १ किलोग्रामको ढिक्का सुन मात्र ल्याउने गरेका छन् ।
बैंकले सुनको ढिक्का नकाट्ने भएकाले स साना सुनचाँदी व्यपारीले ठूलो व्यापारीमार्फत खरिद गर्दै आएका छन् ।

पछिल्लो समय सुनको आयात घट्दै शून्य पुगेपछि विभागले चासो देखाएको हो ।

वैदेशिक रोजगारीबाट फर्केका यात्रुले काँचो सुन ल्याउन नपाउने व्यवस्था गरे पनि सुन आयात अझै शून्य नै छ ।  विदेशबाट फर्केका व्यक्तिले ल्याएको सुन व्यवसायीले खरिद गरेको आशंकामा सरकारले व्यक्तिलाई काचो सुन ल्याउन पूर्ण प्रतिवन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment