+
+

मिडिया र कहर ई-बुकमा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २७ गते १८:२९

E-Book

२७ साउन, काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालको ‘मिडियाः सिद्धान्त, सूत्र र प्रयोग’ र पत्रकार जनकराज सापकोटाको ‘कहर’ पुस्तक अबदेखि ई-बुकमा पनि पढ्न सकिने भएको छ । प्रकाशन संस्था वि रिड ले आफ्नो एप मार्फत दुवै पुस्तक बजारमा ल्याएको हो ।

प्लेस्टोर वा एप स्टोरबाट वि रिड एप डाउनलोड गरी त्यसमार्फत पुस्तकहरू किन्न सकिने प्रकाशन संस्थाले जनाएको छ । संस्थाका अनुसार विश्वभर छरिएर रहेका नेपालीहरूलाई लक्षित गरी देवनागरी लिपिमा पुस्तकहरू एपमा राखिएको हो ।

आज राजधानीमा आयोजित कार्यक्रममा लेखकहरू नेपाल र सापकोटाले आ-आफ्नो पुस्तक एपमा सार्वजनिक गरे ।

नेपालभित्र रहेका ई-सेवा जोनमार्फत डिजिटल पुस्तक किन्न सकिनेछ भने विदेशमा रहेकाहरूले डेविट/क्रेडिट कार्डमार्फत पे-पाल बाट किन्न सक्नेछन् । वि रिड एपमा नौ वटा प्रकाशकका तीन सय वटा पुस्तकहरू उपलब्ध रहेको कार्यक्रममा जानकारी गराइयो । एपमा केही पुस्तक निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

कथालय इन्कका प्रमुख कार्यकारी राजीवधर जोशीले प्रकाशकहरू आफैंले पुस्तकहरू राखेर विश्वभरि पुर्‍याउन सक्ने गरी एप बनाइएको बताए । मोबाइल सेट तथा ट्याबमा पुस्तक किनेर डाउनलोड गरेपछि अर्को डिभाइसमा कपी गर्न नमिल्ने गरी सुरक्षित प्रविधि अपनाइएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा लेखक नेपाल र सापकोटाले आफ्नो पुस्तकको विशेषताबारे बोलेका थिए । दुवै लेखकले पुस्तकको डिजिटल संस्करण आएपछि अब विश्वभरका नेपाली पाठक लाभान्वित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?