Comments Add Comment

नेवार समाज स्पेनको अध्यक्षमा निलु अवाले श्रेष्ठ चयन

बार्सिलोना । नेवार समाज स्पेनको अध्यक्षमा निलु अवाले श्रेष्ठ चयन भएकी छन् । स्थापना भएको दुई बर्ष पछि २३ सदस्यीय कार्यसमिति बनाएको समाजले अध्यक्षमा अवाले श्रेष्ठलाई चयन गरेको हो ।

Nilu-Awale-Shresthaयस्तै कार्यसमितिको उपाध्यक्षमा सुन्दर ट्वाटी र पवन महर्जन, महासचिवमा दिपल शाक्य, सचिबमा अनिता श्रेष्ठ र सन्तोषी श्रेष्ठ त्यस्तै कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै सदस्यहरुमा देबेन्द्र श्रेष्ठ, सन्जु मास्के, महन्त महर्जन, सन्देश महर्जन, सुजिता श्रेष्ठ, बालकृष्ण महर्जन, मुकेश महर्जन, मुक्तिप्रसाद श्रेष्ठ, सिता सिंह, बिनय श्रेष्ठ, सुनिता रञ्जित तन्डुकार, लक्ष्मण शाही, सुगत खड्गी, इश्वर श्रेष्ठ र राजेश महर्जन रहेका छन् ।

समाजले ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा मोहनबाबु नेम्कुल, सन्तोष श्रेष्ठ, निर्मल श्रेष्ठ, मानकृष्ण शाही, रबि श्रेष्ठ, अमृत श्रेष्ठ, नबिन श्रेष्ठ, बिष्णुभक्त महर्जन र राजु शाक्य छन् ।

दोस्रो स्थापना दिवसको अबसरमा बार्सिलोनामा बारबिक्यु कार्यक्रम गर्दै समाजले गत सोमबार कार्यसमिति चयन गरेको हो । समाजले सामाजिक कोषको स्थापना गर्ने निर्णय गर्दै १ हजार ९ सय २८ युरो समेत संकलन गरेको छ ।

यस्तै विश्व पासा पुच अर्गनाइजेसनको संयोजनमा तिहारको बेला युरोप आउदै गरेका कलाकारहरु सञ्जीव प्रधान र नलिना चित्रकारलाई बार्सिलोनामा बोलाएर समाजले बिशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यसैबीच बिगतमा जस्तै यस बर्ष पनि म्ह पुजा गर्ने निर्णय गर्दै तयारी समिति गठन गरेको समाजका सल्लाहकार सन्तोष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment