Comments Add Comment

कैलालीमा बस दुर्घटना, दुईको मृत्यु

२८ साउन, धनगढी । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा ना ६ ख १६९१ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Bus-Accident-at-Kailai-Sahajpur

दुर्घटनामा बसमा सवार अन्य नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैैलालीका अनुसार मृत्यु हुनेमा डोटी जिल्ला वासुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र २८ वर्षकै खगेन्द्र विक रहेका छन् ।

दिपायलबाट धनगढी आउँदै गरेको उक्त बस गएराति १.०० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये डोटी जिल्ला लडागडा गाविसका ३५ वर्षीय महावीर कठायत र कैलाली जिल्ला अत्तरिया नगरपालिकाका २५ वर्षीय चालक शेरबहादुर कडायतको अवस्था गम्भीर रहेको छ । दुई जनालाई थप उपचारका लागि भारत पठाइएको छ ।

अन्य सातजनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment