+
+

फोरम लोकतान्त्रिकले माग्यो उपप्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते १७:४१

२८ साउन, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सम्मानजनक सहभागिता भए मात्र सरकारमा जाने निर्णय गरेको छ । र, यसको पहल गर्ने जिम्मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई दिएको छ ।

Bijay-Gachhadarफोरम लोकतान्त्रिकको आइतबार सम्पन्न बैठकले सम्मानजनक सहभागिता भए सहभागी प्रचण्ड सरकारमा जान सकिने निर्णय गरेको छ । सम्माजनक भनेको के उपप्रधानमन्त्री हो भन्ने प्रश्नमा एक नेताले भने, ‘उपप्रधानमन्त्री नपाए सरकारमै नजाने भन्ने निर्णय त होइन । तर, सम्मानजनक भनेर हामीले उपप्रधानसहित दुई मन्त्रालय भनेका हौं ।’

प्रधानमन्त्री प्रचण्ड गच्छदारको पार्टीलाई पनि सरकारमा समेट्न सकारात्मक नै छन् । तर, मधेसी मोर्चाको दबाव र कांग्रेसको अनिच्छाका कारण गच्छदारलाई उपप्रधानमन्त्री दिन नसक्ने अवस्थामा पुगेका छन् ।

तर, अहिले पनि फोरम लोकतान्त्रिकका लागि दुई वटा मन्त्रालय भने छुट्याइएको छ ।

फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले भने आफ्नो सहभागिता खोजेको छन् । मन्त्री मात्र दिँदा दुई पटक उपप्रधामन्त्री भइसकेका गच्छदार सरकारमा जान सक्ने अवस्था रहेन । त्यसैले उनले उपप्रधानसहित दुई मन्त्रालय दिए मात्र सरकारमा जाने निर्णय पार्टीमा गराएका छन् ।

फोरम लोकतान्त्रिकको बैठकले आठबुँदे सहमति कार्यान्वयन गर्न समेत माग गरेको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा यो सहमति भएको थियो ।

तर, उक्त सहमतिमा वर्तमान प्रधानमन्त्री प्रचण्डले माओवादी अध्यक्षको हैसियतमा सहमति गरेको भन्दै फोरम लोकतान्त्रिकले सहमति कार्यान्वयन गर्न र संविधान संशोधन गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?