+
+

जापानबाट पनि हिमाल रेमिट सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते १६:३३

himal-remit
३० साउन, काठमाडौं । हिमालयन बैंक र जापानको रेमिट्यान्स कम्पनी एन एण्ड पी १००४ कम्पनी (क्युएस रेमिट) बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

जापानको टोकियो सहरमा अगष्ट ६ र ७ मा सम्पन्न भएको नेपाल फेस्टिभल २०१६ मा बैंकले क्युएस रेमिट मार्फत जापानबाट रेमिट्यान्स कारोबार शुभारम्भ गरेको छ ।

क्युएस रेमिट मार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४२ वटै शाखा तथा सात हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

हिमालयन बैंक लि. तथा क्युएस रेमिटबीचको यस सम्झौताबाट जापानमा कार्यरत करिब ६० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् । हिमाल रेमिट बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तराष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।

उक्त फेस्टिभलमा बैंकका तर्फबाट युमा श्रेष्ठ तथा क्युएस रेमिटतर्फबाट कम्पनी अध्यक्ष केनेसिरो मारी, म्यानेजिङ डाइरेक्टररिसेन्द्र गिरी, कार्यकारी संचालन अधिकृत मिनसियो पार्क र डाइरेक्टर रिधिन्द्र गिरी उपस्थित थिए ।

श्रीमती केनेसिरो मारीले यो सहकार्यबाट जापानमा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?