Comments Add Comment

अष्ट्रेलियाको एनएडीएफमा थापा निर्विरोध

सिड्नी । अष्ट्रेलियाको प्रजातान्त्रिक बिचार बोक्ने जमातको संगठन नेपाल अस्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडीएफ)को अध्यक्षमा विवेक थापा निर्विरोध निर्वाचित भएका छन । सिड्नीमा भएको नया नेतृत्व चयनमा अन्य दाबेदारहरुले छाडेपछि थापा निर्विरोध भएका हुन ।

bibak thapaअधिबेशनमा अन्य पदमा पनि प्रतिस्पर्धा रहेपनि अन्तमा निर्वाचन समितीको पहल कदमीपछि सबै पद निर्विरोध हुन पुगेको थियो ।

संस्थाको उपाध्यक्षमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा, महासचिबमा माधब गैहे, सचिबमा थानु शाक्य, कोषाध्यक्षमा सत्य प्रकाश कंडेल, पब्लिक अफिसरमा अर्जुन केसी, यूवा संयोजकमा रामजी बस्नेत सर्बसम्मत भएका छन् ।

त्यसैगरी सदस्यहरुमा नन्द गुरुङ, परशुराम अधिकारी, प्रकास जिसी, जितेन्द्र सापकोटा, रमेश जोशी, प्रकाश अर्याल, रोहित खड्का, उद्धब भट्ट, पूर्ण लिम्बु र प्रमिता शर्मा रहेका छन् ।

संस्थाले सेप्टेम्बरमा २४ मा भब्य हस्तान्तरण समारोह राखि निर्बाचित नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने निर्वतमान अध्यक्ष बालचन्द्र भट्टराइले बताए । सामाजिक कार्यकर्ता छबि सापकोटा र पत्रकार हेमन्त काफ्लेलाई निर्वाचन समितीको जिम्मेबारी दिइएको थियो ।

नयाँ समितिलाई बधाई दिने क्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले प्रजातन्त्रीक बिचार बोक्ने यो संस्थाको गरिमा र महत्वलाई बचाइराख्न नया नेतृत्वलाई आग्रह गरे ।

नब निर्बाचित समितीलाई एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेस केसी, ओशिनिया संयोजक महेन्द्र लम्साल नेपाली जनसम्पर्क समिति अष्ट्रेलिका अध्यक्ष कृष्ण गिरी, नब निर्बाचित अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्सका अध्यक्ष निरज श्रेष्ठ, जनसम्पर्कका संरक्षक प्रेम सापकोटा, मेलवर्न प्रतिनिधि तथा एनआरएनका सचिब टोनु घोताने, एनआरएनका क्वीन्सल्यान्ड संयोजक अभिमान सिंह बस्नेत, नारायण कोईराला, एनआरएनएका कोषाध्यक्ष डिला खरेल लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment