+

नेदरल्याण्ड्सविरुद्ध पारस खड्काको अर्धशतक

२०७३ साउन  ३१ गते १७:२१ २०७३ साउन ३१ गते १७:२१
नेदरल्याण्ड्सविरुद्ध पारस खड्काको अर्धशतक

Paras-Khadka

३१ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपाली कप्तान पारस खड्काले अर्धशतक बनाएका छन् ।

टस हारेर व्याटिङ गरेको नेपालले राम्रो सुरुवात गर्न सकेन । २२ रन जोड्दा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल मात्र ४ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल टिकेर खेलिरहे । तर, भरपर्दा ब्याट्सम्यान शरद भेषावकर ६ रनमै आउट भए ।

तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र व्यक्तिगत ३९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ६५ रन थियो । तर, नेपाली कप्तान पारस र सागर पुनले नेपाली पारी सम्हालेका छन् ।

पारसले ६९ बलमा चार चौका र एक छक्काकोे मदतमा अर्धशतक पुरा गरेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय