Comments Add Comment

अर्थसचिवको ब्रेकफास्टदेखि डिनरसम्म तारे होटलबाट

१ भदौं, काठमाडौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ ।

Ministry-of-Finanaceअर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ । अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको अन्नपूर्ण पोस्टले जनाएको छ ।

अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०-५ बजे भन्ने हुन्न ।  कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन् । रेग्मी पनि त्यसै गर्छन् । अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै इभनिङ वाक गर्छन् । बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ।

‘सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ,’ मन्त्रालयका एक कार्यालय सहयोगीले भने ।  तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाहिँ सुक्खा रोटी तरकारी ।  कृष्णहरि बास्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो। ‘अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने,’ती सहयोगीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment