Comments Add Comment

माग पूरा भएपछि चिया मजदुर काममा फर्किए

१ भदौ, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्याला दिने आश्वासन व्यवस्थापनले दिएपछि आन्दोलनमा रहेका दक्षिणी झापाको कुमरखोदस्थित कुवाडी चिया बगानका मजदुरले आन्दोलन फिर्ता लिएका छन् ।

Indian-Chiya-Majdurचिया मजदुर र उद्योगी बीच भएको सहमति अनुसार अब उनीहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनेछन् ।

यसअघि यस चिया बगानमा कार्यरत ४० जना स्थायी कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लिइरहेका थिए भने १ सय ६० अस्थायीले २ सय १९ रुपैयाँ मात्र पाउँदै आएका थिए ।

आइतबारदेखि उद्योग बन्द गरेेर आन्दोलनमा उत्रिएका मजदुरहरु बुधबारदेखि काममा फर्किएको मजदुर नेता जगत पौडेलले अनलाइनखबरलाई बताए ।

दक्षिणी झापाको कुमरखोदमा रहेको यो चिया बगान ५ सय ५० विगा क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment