+
+

हमालको ‘शकुन्तला’ पनि बिहिबार नै आउने, फिल्म रिलिज सिस्टम विग्रियो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २ गते १०:१२

rajesh hamal in sakuntala
चाडपर्वको बाहना बनाएर अब जुनसुकै चलचित्रका निर्माताले पनि आफ्नो प्रोजेक्ट कुनै पनि दिन बजारमा ल्याउन सक्ने भएका छन् । शुक्रबार मात्र चलचित्र रिलिज हुँदै आएको काठमाण्डौको सिस्टम अब भताभुङ्ग भएको छ । चलचित्र निर्माता संघले यसअघिका केही चलचित्रलाई चाडपर्वको बहानामा शुक्रबार अगावै रिलिज गर्न दिएपछि यसैलाई टेकेर निर्माताहरुले चलचित्र प्रदर्शन गर्न थालेका छन् ।

हिन्दी चलचित्रको हकमा झन्, भारतमा रिलिज भएकै सिस्टम नेपालमा पनि लागू हुँदै आएको छ । आज बिहिबारबाट २ नेपाली चलचित्र रिलिजमा आएका छन् । भोलीबाट प्रदर्शनमा आउने भनिएका ‘चपली हाइट २ र वीर विक्रम’ आजैबाट रिलिजमा आएका छन् । जसले काठमाण्डौमा चलचित्र प्रदर्शनको सिस्टम विगि्रएको छ ।

भदौ १० गते रिलिज हुने भनिएको चलचित्र ‘शकुन्तला’ अब भदौ ९ मा आउने भएको छ । कृष्णाष्टमीको बहाना बनाउँदै यो चलचित्रले आउँदो बिहिबार प्रदर्शन मिति तोकेको छ । जसले यो साता प्रदर्शनमा आएका चलचित्रको व्यापारलाई असर गर्नेछ । जसरी, आजबाट रिलिजमा आएका चलचित्रले गत शुक्रबार रिलिजमा आएको चलचित्र ‘जय परशुराम’को व्यापारलाई असर पारेका छन् ।

दिनेश श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘शकुन्तला’मा नायक राजेश हमाल महिलाको भूमिकामा देखिएका छन् । ‘चपली हाइट २’ रिलिजमा पावरको गेम देखिएको छ । विशेषगरि, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइसँग इगो राख्दै अशोक शर्मा र उनको टिमले ‘चपली हाइट २’लाई बिहिबार अर्थात आजबाट रिलिजमा ल्याएको हो । तर, यो पावरको खेलले चलचित्र क्षेत्रमा फेरि ‘जसको शक्ति उसैको भक्ति’ भन्ने उखान चरितार्थ हुने खतरा बढेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले वुधबार अनलाइनखबरसँग कुरा गर्दै बेलुकी सम्म पर्खन भनेका थिए । तर, बोर्डले आजबाट रिलिज भएका चलचित्रमाथि कुनै कदम नचाल्ने पक्का जस्तै छ । अब, आगामी दिन शुक्रबार बाहेकका दिनमा काठमाण्डौ रिलिज गर्न चाहने चलचित्रमाथि पनि निर्माता संघ, विकास बोर्ड, चलचित्र संघले कुनै कदम चाल्न गाह्रो हुनेछ । यसले रिलिज प्रणाली भताभुङ्ग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?