Comments Add Comment

चैतमा स्थानीय निर्वाचन हुन्छ, शंका नगर्नुस्ः मन्त्री पाण्डे

Hitraj-pandey

२ भदौ, काठमाडौं । स्थानीय विकास मन्त्री हितराज पाण्डेले चैतमै स्थानीय तहको निर्वाचन गर्ने दाबी गरेका छन् ।

संविधान कार्यान्वयनका लागि पनि चुनाव आवश्यक रहेको भन्दै उनले सरकारको मुख्य ध्यन नै तीन वटै चुनाव तोकिएको समयभित्र सम्पन्न गराउने भएको बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, हामी चैतभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्छौं ।’

सरकार चुनाव नगर्ने षड्यन्त्रमा रहेको एमाले आरोपमा कुनै सत्यता नभएको उनले बताए ।

मन्त्री पाण्डले स्थानीय निकाय पुनर्संरचनासम्वन्धी आयोगले सिफारिस गरेको स्थानीय निकायको संख्यामा कुनै विवाद नभएको तर्क गरे । उनले अघि थपे, ‘अहिले आयोगले ३६५ को संख्याको सिफारिश गरेको छ, यो संख्यामा तलमाथि हुन्छ ।’ जनताको अधिकार कटौति नहुने गरी संख्या निर्धारण हुने उनले बताए बताए ।

मधेसी मोर्चाले निर्वाचन गरिए बहिष्कार गर्ने चेतावनी दिएको छ नि भन्ने प्रश्नमा मन्त्री पाण्डेले भने, ‘यसमा लुकाउनुपर्ने केही कुरै छैन, मोर्चाका साथीहरुले संविधान संशोधन नभएसम्म अहिले निर्वाचनको कुरा अघि नबढाउन आग्रह गर्नुभएको हो, तर हामी उहाँहरुलाई समेत विश्व्ाासमा लिएर अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment