Comments Add Comment

डेट एक्सपायर बिराज !

biraj bhatta and nisha adhikari

काठमाडौं । रोज राणा निर्देशित चलचित्र ‘जय परशुराम’ काठमाडौमा प्रदर्शन हुने अघिल्लो दिनसम्म एकथरी मान्छेले यस्तो चर्चा गरे मानौ नेपालमा ‘जय परशुराम’ जत्तिको फिल्म बनेकै छैन ।

बिराज भट्टको कमब्याक, रोज राणाको डेब्यु, गतिलो विषय जस्ता उपाधि दिंदै फिल्म गज्जब छ भनेर हल्ला गर्नेहरुले फिल्म उत्रिने दिनसम्म पनि थाह पाएनन् ‘जय परशुराम’ पछिल्लो समय नेपाली दर्शकले रिजेक्ट गरेको कमजोर फिल्म हो ।

‘जय परशुराम’ को कारण बिराज भट्टको करिअरमा गम्भिर धक्का लागेको छ । दर्शकले त उनलाई स्वीकारेनन् नै अन्य निर्देशकले समेत उनलाई लिने हिम्मत गर्नेमा शंका छ ।

बिराजको करिअरमा यति ठूलो धक्का लगाउनमा नेपाली सञ्चार माध्यम र निर्माण संस्था पनि दोषी छ । बिराजको फिल्मै नहेरी केहि मिडियाले यस्तो पनि लेखे ‘बबाल अभिनय, दमदार विषय । त्यहि सन्देश सुनेर हलमा पुगेका दर्शकले जब फिल्म हेरे अनि थाह पाए ‘समाचारमा भनिएजस्तो दमदार केहि पनि छैन’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment