+
+

अबको संघर्ष सुशासन, समृद्धि र विकासका लागिः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ५ गते १०:०९

PM-Nepal
५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको संघर्ष सुशासन, समृद्धि र विकासका लागि हुनुपर्ने बताएका छन् । सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दीगो हुन नसक्ने उनको भनाइ छ ।

आइतबार बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधि मण्डलसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने, ‘ठूल-ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो । अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो । सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दीगो हुन सक्दैन ।’

प्रधानमन्त्री प्रचण्डले मधेस-पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पुनर्निर्माणको दिशामा देशलाई डोर्‍याउनु आफ्नो प्राथमिकता भएको बताए ।

चन्द्र ढकालको नेतृत्वको प्रतिनिधि मण्डलले चुनौतिपूर्ण क्षणमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?