Comments Add Comment

स्वास्थ्यका लागि फाइदाजनक जीरापानी

जीरा हाम्रो शरीरको लागि निकै फाइदाजनक छ । घरमा यसको अधिकतम रुपमा तरकारीमा प्रयोग गरिन्छ । तर तरकारी बाहेक पनि जीरामा विभिन्न यस्ता तत्वहरु हुन्छन् जसले हाम्रो शरीरका लागि लाभदायक हुन्छ । विशेषगरी, भोक जगाउन, पेट दुखेको, फुलेको लगायत उच्च रक्तचाप कम गर्न समेतमा समेत जीराको सेवन प्रभावकारी हुन्छ । पढ्नुहोस जीरा सेवनका फाइदाहरुः

Jeera-Pani१. ज्वरोः ज्वरो आउदा हाम्रो शरीर तात्ने गर्छ । जीरापानीको सेवनले शरीरलाई चिसो बनाउनुका साथै तापक्रमलाई कम गर्न मद्दत गर्छ । यसको सेवनले ज्वरो चाँडै निको हुन्छ ।

२. पेट दुखेकोः ग्यास, पेटको दुखाईमा जीरा लाभदायक छ ।

३. टाउको दुखेकोः टाउको विभिन्न कारणले दुख्ने गर्छ । तर गर्मीको कारणले टाउको दुखेको छ भने जीरापानीको सेवन गरेमा टाउको दुख्न कम हुन्छ ।

३. व्याक्टेरियाः यसले शरीरमा भएको किटाणुलाई मार्न सहयोग गर्छ । त्यस्तै नियमित जीरापानीको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

५. कब्जीयतः नियमित जीरापानी सेवन गरेमा कब्जीयतको समस्या सुल्भिmन्छ ।

६. उच्च रक्तचापः जीरा पानीको सेवनले व्लड सर्कुलेसन राम्रो बनाउँछ । यसले उच्च रक्तचापको समस्या समेत कम गर्छ ।

७. एसिडिटीः नियमितरुपमा जीरापानी सेवन गरेको खण्डमा एसिडिटीको समस्या कम हुन्छ ।

८. रगतको कमी हटाउँछः जीरामा भरपुर आयरन पाइने हुदाँ यसले रगतको कमी कम गर्छ । साथै यसले हेमोग्लोविनको मात्रा बढाउन मद्दत गर्छ ।

९. छाला चम्काउँछः जीरा पानीको नियमित सेवनले रगत सफा भई छालामा चमक आउँछ ।

यसबाहेक सिंगो जिराको प्रयोगले पेटसित सम्बन्धित अन्य विभिन्न समस्याबाट शरीरलाई राहत प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment