Comments Add Comment

खेस्मालीका भगवतीको पूजा आराधना

Mugu

५ भदौ, मुगु  । मुगु जिल्लाको खत्याड भेकको गम्थामा पर्ने प्रशिद्द धार्मिक तिर्थस्थल खेस्मालीका देवीको हरेक बर्ष जनै पूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । करिव ३ हजार ७ सय मिटरको उचार्इमा अवस्थित सो तिर्थस्थलमा जुम्ला, कालीकोट, बाजुरा र मुगु जिल्लाका तिर्थालु भक्तजनहरु निकै कष्ट सहेर मेलामा सहभागी हुने गर्छन् ।

मुल थान गम्थाको डुङ्ग्री गाँउ बाट धामी डाँग्री र पुजारी सहितको टोली जनै पुर्णिमा अर्थात साउन पुनिको अघिल्लो दिन त्यस तर्फ जाने परम्परागत प्रचलन रहेको छ । मागेको वर मिल्ले धार्मिक जनविश्वासका कारण हरेक बर्ष तिर्थालुहरु कठिन र ठाडो उकालो बाटो हिडेर त्यहाँ पुग्ने गर्छन ।

हेर्दा धान रोपेको खेत जस्तै देखिने सुन्दर दृश्य र यात्रीले शंख घण्ट लगायतका बाजा बजाए पछि निष्किने धरम पानीले नै देविको अलौकिक शक्तिका रुपमा लिने गरिन्छ । खेस्मालीका देवीलार्इ बाजुरा स्थित बढीमालीका देवीकी बहिनी भएको धार्मिक किम्वदन्ति पनि छ ।

तिर्थ जाँदा पुजारी लगाएत धामी डाँग्रीहरु खाली खुट्टा हिडनु पर्ने र कतिपय टाँउहरुमा दगुर्नु पर्ने परम्परागत छ । तिर्थालुहरु इच्छित वर प्राप्त हुने जन विश्वासका कारण लेकलाग्ने समस्या र असहज यात्रा लार्इ पनि सहज ठान्दै आएका छन् ।

खेस्मालीका भगवतीको जति धेरै महत्व छ त्यतिनै प्रचार प्रसार हुन नसकेको कुरा स्थानिय अगुवा जयऋषि उपाध्यायले बताएका छन् ।

खेस्मालीका भगवतिको दर्शन र मेला भर्न आएका तिर्थालुहरु रातभर स्थानिय देउडा खेल पुजा पाठ लगाएत धार्मीक क्रियाहरु गरि सके पछि टाढा टाढा बाट आएका यात्रुहरु पुर्णिमाको दिन बिहानै घर तिर फर्किन्छन् ।

बर्षेनी तिर्थालुहरु बढदै जान थाले पछि धर्मशाला अपुग भएको र पशु चौपायाहरुले मन्दिर वरिपरीको सुन्दरतालार्इ  बिगारेकाले यस तर्फ सम्बन्धित पक्षले समयमै ध्यान पुर्याउनु पर्ने तिर्थयात्रीहरुको गुनासो रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment