Comments Add Comment

गाविस सचिव बेपत्ता हुँदा सेवाग्राही मर्कामा

७ भदौ, पाँचथर। पाँचथर जिल्लाको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि बेपत्ता भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

Karmachariकाम लिएर फिदिमसम्म आएपनि सचिव नभेट्दा उनीहरु काम नगरी रित्तो हात घर फर्कन वाध्य भएको स्थानीय घलेन्द्र लिम्वूले बताए ।

उनी सम्पर्कबिहीन भएको झन्डै तीनसाता वित्दासमेत अहिलेसम्म सम्पर्कमा नआएको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए ।

अहिलेसम्म गाविस, जिविस कार्यालय र परिवारसित समेत सम्पर्कमा नरहेको उनले बताए ।

उनी सम्पर्कबिहीन भएपछि खोजतलास थालिएको जिल्ला विकास समिति पाँचथरले जनाएको छ ।

उनी जिविसका कर्मचारीसित साउन ६ गतेसम्म सम्पर्क रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment